पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य २१,८८० मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले १९,३८८ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङ २२१३१ मतका साथ अगाडि छन् भने उनलाई नेपाली कांगेसका कोपिला रानभाटले पछ्याइरहेका छन् । रानाभाटले २२१२२ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमै राप्रपाबाट उम्मेदवार बनेका रञ्जनाकुुमारी सेन पौडेलले १९४९ मत पाएका छन् विवेकशील साझा पार्टीबाट उपमेयरका उम्मेदवार माधव भण्डारी अहिलेसम्म १९ मत मात्र पाएका छन् ।