Logo
Logo

इटहरीमा एमाले नेतामाथि आक्रमण



सुनसरी । इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । एमाले प्रदेश १ सदस्य समेत रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो ।

इटहरीको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए ।

आक्रमणमा संलग्न भएको आरोपमा केशवकुमार विष्टका छोरालाई लगाइएको छ । इटहरी उपमहानगरपालिकाको आइतबार बिहान सम्पन्न मतगणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गर्दै आफूमाथि आक्रमण गरेको सुवेदीको आरोप छ ।

सुवेदीमाथि भएको आक्रमणको विरोधमा एमाले कार्यकर्ताले इलाका प्रहरी कार्यलय इटहरी अगाडि प्रदर्शन गर्दै केहीबेर चक्काजाम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्