Logo
Logo

पालिका अध्यक्षले चढ्ने गाडि अब निःशुल्क एम्बुलेन्स


6.6k
Shares

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अध्यक्ष चढ्ने गाडि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।

सोमबारबाटै प्रयोगमा ल्याइने पालिका अध्यक्ष मुक्ति लिम्बूले जानकारी दिए । ‘हाम्रो पालिकामा अहिले एम्बुलेन्स छैन । कोही बिरामी परे २५ हजारसम्म खर्च एम्बुलेन्स रिजर्भ गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ,’ मुक्तिले दृष्टि न्यूजसँग भने, ‘त्यसैले तत्कालका लागि पालिका अध्यक्षले चढ्दै आएको गाडिलाई निःशुल्क एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने भएका छौं ।’

यो नेपालकै तेस्रो ठूलो गाउँपालिका हो । ठूलो र विकट भूगोल भएकाले विकासको पहुँच सबै क्षेत्रमा पुग्न सकेको छैन । यसले स्थानीयलाई केही भएपनि राहत हुने पालिका उपाध्यक्ष विकास साम्रा (लिम्बू) ले बताए । ‘हामी जनताको सेवा गर्न आएका हौं । त्यसैले उहाँहरूलाई अधिकतम सुविधा दिन त्यसमा ध्यान केन्द्रित गरेका छौं ।’
पालिका अध्यक्ष मुक्तिले आफूले पाउने सेवा सुविधासमेत नलिने बताएका छन् । ‘राज्यले अध्यक्षका लागि दिएको सुविधा यहाँका जनताका लागि खर्च गर्ने निर्णय गरेको छु्,’ उनले भने, ‘यहाँका गरिब, असहाय, ज्येष्ठ नागरिक, बालबालिकासहित विपन्नका लागि उक्त रकम खर्च गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्