Logo
Logo

करिश्मा अब नेकपातिर ?


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई हिजोआज न फिल्मको चिन्ता छ, न त अमेरिकाकै । नेपाली फिल्म क्षेत्रलाई सयौँ फिल्म दिएर थाकेकी करिश्मा अमेरिकादेखि समेत अघाइसकेकी छन् ।‘अब नेपालमै बसेर केही गर्छु’ भन्ने अठोटका साथ आफ्नो पढाइलाई अगाडि बढाएरकी करिश्मालाई यतिखेर राजनीतिको ‘चक्कर’ले फनफनी घुमाएको छ । अपौचारिक रुपमा राजनीति पहिलो गुरु नै डा. बाबुराम भट्टराईलाई बनाइन् ।

पछिल्लो समय करिश्मा सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने हल्ला व्यापक हुँदै गएको छ । फिल्मी दुनियाँमा मात्र नभएर राजनीतिबृत्तमा समेत यस्तै चर्चा चल्न थालेको छ । यी हल्लाका वास्तविकता पक्कै लकेको छ । करिश्मा नेकपामा प्रवेश गर्ने हल्ला त्यतिकै बाहिएको भने होइन । एसइई परीक्षा उत्र्तीण गरेको खुसीयालीमा आफ्ना निकटका कलाकार, पत्रकार र आफन्तजनका आयोजना गरेको घमघटको क्रममा करिश्मा नेकपामा प्रवेश गर्ने आशय व्यक्त गरेकी थिइन् ।

डा. भट्टराईसँगको संगतमा करिश्माले राजनीति गर्नलाई ‘अध्ययन आवश्यक छ’ भन्ने राम्ररी बुझ्नि । १६ वर्षकै कलिलो उमेरमा पढ्दा–पढ्दै फिल्म अभिनयका लागेकी करिश्माले राजनीतिबाहेक चलचित्र क्षेत्रमा सफलता पनि हासिल गर्दै आएकी छन् । यस्तै, अब पनि उनी राजनीति जीवनको सफलता चाख्न चाहन्छिन् ।

करिब तीन दशकभन्दा बढी समयसम्म फिल्मी अभिनय अलि–कति पनि डगनमगाएकी करिश्मा पढाइमा समेत अब्बल भएर निस्केकी छन् । हालैमात्र सार्वजनिक भएको एसईई परीक्षामा ‘बि’ प्लस ग्रेड ल्याएर उर्तिण भएकी करिश्मा अब आफूलाई फिल्ममा जस्तै राजनीति र समाजिक सेवामा अब्बल बनाएर देखाउन चाहन्छिन् । तर, त्यसका लागि उनी राजनीतिमा राम्रो ‘प्लेटफर्म’ हत्याउन चाहन्छिन् ।

बेला–बेला करिश्माले अभिव्यक्त गर्ने शब्दहरुले पनि भन्छ कि, ‘कुनैपनि राजनीति दलले जिम्मेवारी सुम्पिए निर्वाह गर्न तयार छु ।’ करिश्माको यस्ता आशयले अबको राजनीति जीवन उनी परिणमुखी चाहन्छिन् । सायद करिश्माले नयाँ शक्ति नेपाल प्रवेश गर्दासमेत यस्तै अपेक्षा लिएकी थिइन् । तर, नयाँ शक्ति नेपालमा उनी ‘शो–पिस’ जस्तो मात्र ठहरिन् अर्थात पार्टी नेतृत्व गर्नेहरुले उनलाई पत्याएनन् ।

करिश्मा फिल्म निर्माणमा जतिकै नयाँ शक्ति नेपालबाट निराश भएकी छन् । ‘ढुकढुकी’ र ‘बाबुसाहेब’जस्ता आफ्नो लगानीका फिल्मले व्यवसायिक सफलता हासिल नगरेपछि उनी निराश भएर अमेरिकातिर हानिएकी थिइन् । तर, पुनः करिश्मा नेपाल फर्केपछि डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा आवद्ध भएकी हुन् । तर, उनी विस्तारै आफू आवद्ध पार्टीसँग निराश हुँदै गइन् । यसको मुख्य कारण भनेको जिम्मेवारीविहीन हुनु पनि हो । असन्तुष्टिको ज्वाला दन्किरहेकै बेला पछिल्लो नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो । जसले उनी झनै असन्तुष्ट भइन् । र, अनौपचारिक रुपमा नयाँ शक्ति नेपाल छोडेको घोषणा गरिन् । त्यसयता करिश्मा कुनै पार्टीमा आवद्ध भएकी छैनन् । उनी स्वतन्त्र छिन् ।

तर, पछिल्लो समय करिश्मा सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने हल्ला व्यापक हुँदै गएको छ । फिल्मी दुनियाँमा मात्र नभएर राजनीतिबृत्तमा समेत यस्तै चर्चा चल्न थालेको छ । यी हल्लाका वास्तविकता पक्कै लकेको छ । करिश्मा नेकपामा प्रवेश गर्ने हल्ला त्यतिकै बाहिएको भने होइन ।

एसईई परीक्षा उर्तिण गरेको खुसीयालीमा आफ्ना निकटका कलाकार, पत्रकार र आफन्तजनका आयोजना गरेको घमघटको क्रममा करिश्मा नेकपामा प्रवेश गर्ने आशय व्यक्त गरेकी थिइन् । फिल्ममा काम गर्दा ठूलै व्यानर रोज्नु राम्रो भनेजस्तै राजनीति गर्दा पनि दल ठूलै हुनुपर्छ भन्ने करिश्माको आशय हो । जसले गर्दा अब ‘करिश्मा सत्तारुढ दल नेकपामा प्रवेश गर्दैछिन्’ भन्ने खबर फैलिएको हो । र, करिश्माको आगामी राजनीति जीवन नेकपामै आएर जोडिनेछ । उनका सहकर्मीले समेत भन्न थालेका छन्, ‘करिश्मा अब नेकपातिर ।’

करिश्माले नयाँ राजनीति यात्राको सन्दर्भमा केही खुलासा पनि गरेकी छन् । यसै साता आफ्नै निवास गोदाबरीमा आयोजित जमटघमा करिश्माले अनौपचारिक कुराकानीमा भनेकी थिइन्, ‘म राजनीति त गर्छु नै, तर कुन पार्टी भन्ने विस्तारै थाहा हुन्छ । अहिले कुरा चलिरहेको छ ।’ उनी झनै पार्टीमा प्रवेश गरेपनि अब ‘थपना’को रुपमा मात्र बस्न चाहदिँनन् । सकेसम्म उनी ‘नेतृत्व गर्न चाहन्छिन् । नयाँ शक्ति नेपालमा रहँदा कुनै जिम्मेवारी नपाएकी करिश्माले मन्त्रीसम्म बन्ने सोच लिएकी छन् ।

फिल्म क्षेत्रमा सेलाएपछि राजनीतिमा तातेकी करिश्मा अहिले ‘हटकेक’ बनेकी छन् । एसईई परीक्षाले मात्र नभएर नेकपामा प्रवेश गर्ने हल्लाले करिश्मा मिडियामा छाइरहेकी छन् । तर, करिश्मालाई राजनीति रंग अहिले आएर मात्र चढेको होइन । नेपाली फिल्म क्षेत्रकी यी ‘सदावहार अभिनेत्री’लाई आफूले बनाएका फिल्म लगातार ‘फ्लप’ हुनथाले यता नै उनले कलाकारिताभन्दा बाहिरी संसार नियाल्न थालेकी हुन् ।

नयाँ सोच र धारणा सार्वनजनिक गर्दै स्थापना भएको नयाँ शक्ति पार्टीमा उनी त्यहीरुपमा प्रवेश गरेकी हुन् । तर, उक्त पार्टीमा बगाएको करिश्माको पसिनाको कुनै महत्व भएन । तर, उनी निराश भएकी छैनन् किनकि, नयाँ शक्तिबाट धेरै कुरा सिक्न पाएको र अझै राजनीतिमा सक्रिय उनको अभिलाषा कायमै छ ।

त्यो अभिलाषा नेकपाले पूरा गरिदिने छ भन्ने समेत पक्कापक्की भइसकेको छ किनकि, करिश्मालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गराउने तयारी भइरहेको चर्चा छ । जसका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत करिश्माको भेटवार्ता भइसकेको बताइन्छ ।

यदि नेकपाले जिम्मेवारीसहित पार्टी प्रवेश गराए करिश्मा जतिखेर नेकपा प्रवेशका लागि तयार रहेको उनी निकट स्रोतले जनाएको छ । तर, करिश्मालाई पार्टीमा के–कस्तो जिम्मेवारी दिने भन्ने विषयमा नेकपाभित्र छलफल हुन बाँकी रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्