Logo
Logo

कार २० लाखको, कर ६५ लाख


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , २५ अषाढ ।

छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ।

तर मुलुकको वास्तविकता यही हो। आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

भन्सार विभागले आगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि तीन हजार सीसीमाथिका २० लाख रुपैयाँका कार ल्याउँदा ८० प्रतिशतसम्म भन्सार महसुल बुझाउनु पर्नेछ। यस्तै शतप्रतिशतसम्म अन्तःशुल्क, आठदेखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ६५ लाख रुपैयाँ कर बुझाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्