Logo

बैंक अफ काठमाण्डूको अगुवाईमा नेपालकै सबभन्दा ठूलो बैकल्पिक ऊर्जा आयोजनाको वित्तीयकरण सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बैकल्पिक ऊर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लिको अगुवाईमा सिटिजन्स बैंक इन्टरनेशनल तथा नेपाल बंगलादेश बैंक लिमिटेडसंग सहवित्तीयकरण सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२,००० सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्पmत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ र यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुने जनाइएको छ ।

सन् २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाइड्रो कम्पनीको सम्झौताअनुसार नेपालकै पहिलो निजी क्षेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेघावाटको हाइड्रोपावरको निर्माण गरिएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्