Logo
Logo

सँगै चियापान, अनि गोली हानाहान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २५ अषाढ ।

भोजपुर सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकाका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसे चिया खाइरहेका थिए। दुवै जनाबीच पहिलेखि नै चिनजान थियो।

भेट हुनासाथ हात मिलाए र चिया पपिउन सुरु गरे। चन्द समूहका ओखलढुंगा जिल्ला ईन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए। प्रत्यक्ष दर्शीका अनुसार नीरकुमार दुईदिनयता चियापसलमा आउने जाने गरिरहेका थिए।

बुुधबार पनि बिहानै आएर अरु मन्छेसँग ुहलोहाईु गरिरहेका थिए करिब ८ बजे सञ्जीब आइपुगे। दुवैले दाइभाइको साइने पनि लगाए प्रतिबन्धपछि ८ मारिए सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्