Logo
Logo

वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूस सहित रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , २७ अषाढ ।

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो। डा। रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ। उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो। उपकुलपति रौनियार राजनीतिक हिसाबमा नेपाली कांग्रेस निकट हुन् । उनलाई गगन थापा स्वास्थ्यमन्त्री हुदा उपकुलपतिमा नियुक्त गरेका थिए ।

सअघि डा। रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति पदबाट हटाउन सरकार समक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सिनेटबाट गठित छानविन समितिले डा। रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा पदबाट हटाइएपछि डा। रौनियार सर्वोच्च अदालत गएका थिए । अदालतबाट अन्तरिम आदेश लिएर उनी पुनः पदमा बहाली भएका थिए । सर्वोच्च अदालतको आदेशबाट पद बहाली भएको लगभग २ महिना नबित्दै डा.रौनियार बुधबार आफ्नै आवासबाट घुस प्रकरणमा रंगेहात समातिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्