Logo
Logo

भारतीय दूतावासको पत्रबारे मन्त्रीहरू पन्छिए, प्रधानमन्त्री लज्जित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ अषाढ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरूबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामु लज्जित हुनुपरेको बताएका छन् ।

त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरू भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।

भारतले पत्र पठाएको समाचार आएपछि पनि प्रधानमन्त्री ओलीले गत असार २१ गते नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा भारतबाट पत्र आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए। प्रधानमन्त्रीको टिप्पणी लगत्तै भारतीय पक्षले नेपाललाई पठाएको पत्र सार्वजनिक गरिदिएको थियो।

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरूको खोजी गरिने बताए । ‘दूतावासको पत्र आएको रहेछ । मलाई जानकारी दिइएन । पत्र आएर पनि मलाई झूटो बोल्न लगाइयो । भूलचूक र नियतवश के हो, म बुझ्दै छु,’ प्रधानमन्त्रीले भने, ‘खोज्दै छु । त्यसपछि के गर्नुपर्ने हो, गर्छु ।’

प्रतिक्रिया दिनुहोस्