Logo
Logo

विप्लव समुहका झापा जिल्ला इन्चार्जसहित एक दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ अषाढ ।

विप्लव समुहका मेची–कोशी ब्यूरो सदस्य तथा झापा जिल्ला इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यसहित एक दर्जन नेता तथा कार्यकर्ता बिहीबार नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए।

प्रवेश गर्नेहरू

उनले भने, ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ। हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो। हामी एकजुट हुँदा नै हामी बलियो हुने हो।’ जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने उनको भनाई थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएको मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताए । उनले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्