Logo
Logo

शिव-बुनुको ‘तिमी ओके’मा अञ्जली (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार । गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वरमा ‘तिमी ओके’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा कृष्ण भारद्वाजको शब्द र नेत्र काफ्लेको संगीत रहेको छ ।
उक्त गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् । यस गीतको भिडियोमा अहिले चर्चा रहेकी मोडल अञ्जली अधिकारी, गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिङ गरिएको छ ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्