Logo

हुम्लाको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्रभु बैंक लिमिटेडले २०७६ असार २५ देखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिकामध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालयमार्फत कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका छन् ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरेका छन् ।

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

खार्पुनाथ शाखासमेत गरी बंैकले हालसम्म १८७ वटा शाखा, १५० एटिएम र २३ एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । बैंकको खार्पुनाथ शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्