Logo
Logo

कुमारी बैंकका दुई नयाँ शाखा उद्घाटन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले असार २६ गते एकै दिन काठमाडौँ उपत्यकामा आफ्ना दुई नयाँ शाखाहरु ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलको (छायाँदेवी कम्प्लेक्स) औपचारिक उद्घाटन गरेको छ ।


उक्त उद्घाटन समारोह ठमेलमा बैंकका संचालक समिति तथा ठमेल पर्यटन बोर्डका अध्यक्षद्वय क्रमश अमिरप्रताप जबरा र प्रकाश नरसिंह राणाले संयुक्तरुपमा स्थानीय व्यापारिक समुदाय, वासिन्दा, बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका कर्मचारीको उपस्थितिमा सम्पन्न गरेका छन् ।

यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष अमिरप्रताप जबराले उल्लिखित सहभागितामा सो उद्घाटन समारोह सम्पन्न गरेका छन् ।
उक्त शाखा विस्तारपश्चात् कुमारी बैंकको देशव्यापी शाखा संजाल संख्या ९६ पुगेको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ९६ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ चैत्र मसान्तको तथ्यांकअनुसार बैंकको कूल निक्षेप रु. ७७,२९०,००५,१२५.००, कूल कर्जा रु.७३,१३४,६४३,३४६.०० तथा खुद् मुनाफा रु. १,००३,२८९,१४८.०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्