Logo
Logo

हिमालय एअरलाइन्सले ढाका उडान सुरु गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालय एअरलाइन्स्ले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं–ढाका–काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको पहँुच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्स्ले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।

‘अर्काे एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनेमा विश्वस्त छौं । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै यस सञ्जालले नेपाल र बांगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ । सदाझैं हिमालय एअरलाइन्स् नेपाली सत्कारका साथ हाम्रा मूल्यवान यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछ’ उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन् ।

एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा ज्ढ ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । त्यसैगरि, ज्ढ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ । एअरलाइन्स्ले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

एअरलाइन्स्ले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

हिमालय एयरलाइबारे
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स् कम्पनी हो । उच्च पहाडी भागलाई संकेत गर्ने ‘हिमालय’ शब्दले राष्ट्रको नाम उँचो राखे जसरी नै हिमालय एयरलाइन्स् पनि आफ्नो पहिचान अन्तर्राष्ट्रिय जगतमा उँचो बनाउन सधँै तत्पर छ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, दुबई र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ र अब ढाका नयाँ गन्तव्य स्थान बनेकोछ । यी गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

सन् २०१९ मा हिमालय एअरलाइन्स्ले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, चाङ्चिङ, चाङ्शा र गुइयङ सम्म पु¥याउने योजना बनाएको छ । निकट भविष्यमा नै ल्हासा जस्ता उच्च उंचाईमा रहेको गन्तव्यमा उडान भर्नका निम्ति एअरलाइन्स्ले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ ।

हिमालय एअरलाइन्स् सन् २०१७ मा दक्षिण एशियाली ट्राभल अवार्ड (साटा) को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा यस एअरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा अझै परिस्कृत हुँदै जाने उर्जा प्रदान गरेको छ ।

उडानमा समय व्यतित गर्न तथा मनोरञ्जन गराउनका निम्ति सिनेमा, संगीत, विभिन्न टेलिभिजन कार्यक्रम तथा डकुमेन्ट्रीहरु समेतको सुविधा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त पढ्नका लागि डाँफे पत्रिकासमेत उपलब्ध गराउने गरेको छ । ‘अतिथी देवो भवः’ ग्राहक नै भगवान भन्ने नेपाली परम्परालाई मनन् गर्दै आदरणीय यात्रुलाई उच्च नेपाली आतिथ्यता प्रदान गर्न एअरलाइन्स् हरपल संघर्षरत रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्