Logo
Logo

सांग्रिला डेभलपमेन्ट बैंक र लर्डबुद्घ एजुकेशनल एकेडेमीबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्डबुद्घ एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खडका र लर्डबुद्घ एजुकेशनल एकेडेमीÞका प्रबन्ध सञ्चालक डा सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्