Logo
Logo

नबिल बैंकद्वारा बन्र्स भायोलेन्स सरभाईभरस नेपाललाई सहयोग प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ असार १९ गते बन्र्स भायोलेन्स सरभाईभरस नेपाल (बीभिएस नेपाल) लाई रु. एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ ।

बन्र्स भायोलेन्स सरभाइभरस नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहँदै आएको संस्था हो । स्थापना भएको समयदेखि बन्र्स भायोलेन्स सरभाइभरस नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनःस्थापनामा सहयोग उपलब्ध गराएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त रकम बीभिएस नेपाललाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागी हुन पाएकामा सन्तुष्टी व्यक्त गरेका छन् ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिबद्धताका साथ लागि पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्