रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । जसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको छ । नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।
प्रदेश सरकारले करिब ३७ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताएका छन् ।