Logo
Logo

हामी गठबन्धन नियमित अघि बढोस् भन्ने चाहान्छौं : उपेन्द्र यादव



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी भए स्वागत गर्ने बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले यस्तो बताएका हन् । उनले भने, ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ । हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’

फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष यादवले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताउँदै मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान भएको बताए । उनले भने, ‘फुटेर नभई जुटेर अघि बढ्नुपर्ने अवस्था छ ।’

अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए । ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस्’ उनले भने, ‘भलै कुनै पार्टीलाई कतै नोक्सान त कतै फाइदा पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्