Logo
Logo

पुल भत्किएर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग खुल्यो


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, २८ असार । बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुल बगाएपछि अवरुद्ध बनेको सडक वैकल्पिक बाटोमार्फत खुलाइएकोछ । पुल बाढीले बगाएपछि छोटा तथा लामा दुरीका सवारी साधन बाटोमै रोकिएपछि यात्रु अलपत्र परेका थिए । बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो ।
गएराति १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन् । बैकल्पिक सडक बर्दिबास (औरही–गौशाला–माइस्थान हुँदै सञ्चालनमा आएको छ । भब्सी खोलामा आएको भीषण बढीले भब्सी पुल बगाउँदा रातिदेखि नै सवारीहरु जाममा परेका थिए । वैकल्पिक बाटोबाट सडक खुलाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्