Logo
Logo

मानभवनमा भेटिए आयुषमान र शिल्पा (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार । अभिनेता आयुषमान देशराज र अभिनेत्री शिल्पा मास्के शनिबार ललितपुस्थित मानभवनमा भेटिए । यी जोडी अभिनीत फिल्म ‘सानो मन’ शुक्रबार देशभर रिलिज भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन उनीहरु मानभवनमा सँगै देखिएपछि फोटो पत्रकारले उनीहरुतिर क्यामेरा तेर्साए । कारबाट ओर्लेपछि फटाफट अगाडि बढेका आयुषमान र शिल्पा सिधै इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफी) कार्यलयतिर अगाडि बढेका थिए ।
हो, यी ‘सानो मन’ जोडी आईआईएफटी स्कुल अफ कलेजको मानभवनमा सञ्चालनमा ल्याएको शाखाको उद्घाटन गर्न त्यहाँ पुगेका थिए । आफू अभिनीत फिल्म रिलिज भएको दोस्रो दिन नै उद्घाटन कार्यक्रममा सहभागी भएका आयुषमान र शिल्पाले आईआईएफटीको रिवन काटेर उद्घाटन गरेका थिए ।


बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । आईआईएफटी उद्घाटन गरेपछि उनीहरुले आफ्नो फिल्मको प्रचार गर्न पनि भ्याए ।
अभिनेत्री शिल्पाले आर्ट तथा फेसन कलेजहरुको कमि भइरहेका बेला आईआईएफटीको उद्घाटन गर्ने अवसर पाउँदा खुसी लागेको भन्दै पछिल्लो समय आफू पनि फेसन कन्सस भएको सुनाइन् । ‘हामीजस्ता सेलिब्रेटी नै हो फेसनको प्रवद्र्धन गर्ने’ शिल्पाले भनिन्, ‘त्यसैले अहिले फेसनमा चासो दिन थालेकी छु ।’


यस्तै अभिनेता आयुषले आफू पनि फेसनप्रति चासो भएकाले आईआईएफी जस्तो इन्ष्टिच्युटको उद्घाटन गर्ने अवसर पाउ“दा खुसी लागेको सुनाए । उनीहरुले आफूहरु अभिनीत फिल्म ‘सोनो मन’ हेर्न दर्शकलाई आग्रह गर्दै ‘सानो मन’ म्युजिकल्ली ड्रामा फिल्म भएको बताए ।
उद्घाटन समारोहका ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन, आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठलगायतको उपस्थिति थियो । आईआईएफटीको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बागबजारको सफलतापछि शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हाल दुई ब्याचमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्