Logo
Logo

नबिल बैंकद्वारा २५ वर्षभन्दा बढी सेवा पुर्याएका कर्मचारी सम्मानित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नबिल बैंकले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पु¥याएका कर्मचारीलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीलाई कदर स्वरुप स्मारिका प्रदान गरी सम्मान गरेका हुन् ।

उक्त समारोहमा बैंकको पूर्वअध्यक्ष, सञ्चालक समितीका निर्देशक, पूर्व सञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्