Logo
Logo

रोटरीले भित्राउँदैछ क्यान्सर परीक्षण गर्ने मेसिन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार । रोटरी क्लव अफ काठमाडौं वेस्टले प्रोजेक्ट केयर अमेरिका र अमेरिकामा बसोबास गर्दै आएकी बुना दाहालसँगको सहकार्यमा स्तन क्यान्सर स्क्रिनिङ मेसिन ल्याउने भएको छ ।
उक्त मेसिनलाई गाउँगाउँसम्म पु-याएर सेवा दिन सकिने छ । अमेरिकामा निर्मित उक्त अत्याधुनिक मेसिन खरिद गर्नका लागि डाइनामिक बुना अमेरिकाले सहयोग गर्ने प्रतिवद्धता रोटरी क्लव अफ काठमाडौं वेस्टको आइतबार बैठकमा बुना दाहालले जनाएकी हुन् ।
स्तन क्यान्सर परीक्षण गर्ने उक्त मिसिन आएपछि त्यसबाट गाउँका धेरैजसो गरिब तथा विपन्न परिवारका महिलाले फाइदा लिन सक्नेछन् । अहिले स्तन क्यान्सर पत्ता लगाउने प्रविधि काठमाडौंका केही अस्पतालहरुमा मात्र सिमित छ । रोटरी क्लव अफ काठमाडौं वेस्टका अध्यक्ष दिगविजय विष्टको सभापतित्वमा सम्पन्न बैठकमा बुना दाहालले उक्त उपकरणबारे प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्