Logo
Logo

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनद्वारा एक लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औँ बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’ संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनलाई रु एक लाख सहयोग हस्तान्तरण गरेको छ ।

आश्रमलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन् । समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्