Logo
Logo

उपत्यका बाहिर कुमारी बैंकका ५ शाखाको ई–उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाइल–प्रविधिबाट ई–उद्घाटनमार्फत सम्पन्न गरेका थिए ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाइल प्रविधिबाट विद्युतीय उद्घाटन चाहिँ बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधिमार्फत सम्पन्न समारोह नेपाली बैंकिङ क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ । उक्त शाखा विस्तारपश्चात कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ ।

विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्