Logo
Logo

६ सचिव अवकाश हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आगामी साउन अन्तिमदेखि भदौ पहिलो हप्तासम्म ६ सचिवले अवकाश पाउँदैछन् । केही ५ बर्षे पदावधि र केही ५८ बर्ष उमेरहदले अवकाश हुने भएका छन् । अवकाश पाउने सचिवमा ३ प्राविधिक छन् भने ३ जना प्रशासन समूहका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीसहित ३ सचिव २०७६ साउन २२ गते अवकाश हुँदैछन् । सो दिन अवकाश हुने दुई सचिवमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव विष्णु लम्साल छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा पनि साउन २४ मा ५८ बर्ष उमेरहदले बिदा हुँदैछन् ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसी साउन अन्तिममा अवकाश हुनेछन् । भदौ पहिलो साता अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले अवकाश पाउँदैछन् । घिमिरे र बीसी उमेरहदका कारण अवकाश हुन लागेका हुन् । अवकाश हुन लागेका सचिवमध्ये अर्जुन कार्की मुख्यसचिव हुने दाउमा लागेका थिए । लोकदर्शन रेग्मीलाई हटाउने चर्चा सुरु हुनासाथ उनी मुख्यसचिव हुन शक्तिकेन्द्र दौडदैआएका थिए । तर उनका बिरुद्ध २ पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकदेखि भौतिक सचिव हुँदै नेपाल ट्रष्ट र पुननिर्माण प्राधिकरणको सचिव हुँदासम्म दसौं करोड रुपैया ँअकूत सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । कमिसनका लागि मेलम्ची आयोजना नै भाँड्ने गजेन्द्र ठाकुरका बिरुद्ध पनि अख्तियारले अकूत सम्पत्ति आर्जनमा छानबिन गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेकोे बिद्युतीय बस नै नलिने निर्णय गरेर पर्यटन सचिव हुँदा देवकोटा पनि विवादमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्