सिभिल बैंकमाथि राष्ट्र बैंकको निगरानी « Drishti News – Nepalese News Portal
Logo

सिभिल बैंकमाथि राष्ट्र बैंकको निगरानी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । यतिबेला विशेषगरी वित्तीय क्षेत्र विशेषगरी नयाँ मौद्रिक नीतिको निकै व्यग्र प्रतिक्षामा देखिन्छ । बिग मर्जर एवं फोर्स मर्जरको चर्चाले बैंकर तथा व्यवसायी सबैलाई झस्काइदिएको छ । सरकार र नेपाल राष्ट्र बैंक दुबैले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनै पर्ने धारणा व्यक्त गरेपछि उक्त चर्चाले थप महत्व पाएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक अघि नै बैंकहरूको संख्या घटाउन केन्द्रीय बैंकले दिएको निर्देशनले विशेषगरी सबैभन्दा खराब अवस्थामा रहेका बैंक र तिनका हर्ताकर्तालाई पिरोलेको छ । संस्थाको वित्तीयलगायतका अवस्था खराबोन्मुख रहेको र बिग मर्जरबाट बैंकमा रजाईं गर्दै आएको जिम्मेवारी गुम्ने चिन्ताले सताएको हो । अहिले नेपाल राष्ट्र बैंकले आन्तरिक रूपमा तयार गरेको विभिन्न बैंक तथा वित्तीय संस्थाको अवस्थाको वर्गिकरणमा विशेषगरी सिभिल बैंक सबै दृष्टिकोणले सर्वाधिक खराब बैंकको अवस्थामा देखिएको स्रोतको दाबी छ । स्थापनाकालदेखि नै सुशासनमा निकै कमजोर रहँदै आएको भनिएको र सँधै राजनीतिक दबाबमा संस्थाको कमजोरीलाई ढाकछोप गर्ने गरेको संस्थाका अध्यक्ष एवम् सञ्चालकहरूलाई बिग मर्जर तथा फोर्स मर्जर दुबै योजनाले पिरोलेको हो ।

मुलुकमा यतिखेर रहेका सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये सिभिल बैंकको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ । बैंकको मुख्य प्रवद्र्धक रहेको सिभिल समूह पनि निरन्तर खस्कँदो अवस्थामा पुुगेको छ । गत वर्ष मात्र भैंसेपाटीस्थित सिभिल होम्स कोलोनीभित्र सार्वजनिक स्थल भनेर उल्लेख गरिएका स्विमि¨ पुल, बाटो, बगैंचा र पार्कि¨ एरियालाई छुुट्टाछुुट्टै कित्ताको जग्गामा कायम गरेर उक्त कित्ताको जग्गालाई धितो राखेर तामा¨ले राष्ट्रिय सहकारी बैंक, पुल्चोकबाट करोडौं ऋण लिएको पाइएको थियो । उक्त, विषयलाई सामसुम पार्न तामा¨ले हालसम्म पनि विभिन्न कदम चालेको स्रोतले बताएको छ ।

गत वर्ष असार मसान्तभित्र सबै बैंकलाई चुक्ता पुँजी ८ अर्ब बनाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । तर, सिभिल बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेपछि गलत मार्ग अपनायो । गत वर्ष भदौमा आयोजना गरिएको बैंकको सातौं वार्षिक साधारण सभा बैंकले वासलात लगायतका कागजातमा नक्कली आँकडा उल्लेख गरेको भन्दै भाँडियो । सिभिलले त्यसबेला प्रति सेयर आम्दानीलाई मिथ्याङ्क बनाएर सार्वजनिक गरेको थियो । जसअनुसार उक्त बैंकको प्रतिसेयर आम्दानी ११ रूपैयाँ २२ पैसा उल्लेख गरिएको थियो तर गलत ढंगले पेश गरिएको वित्तीय वितवरणलाई सच्याउँदा पछि बैंकको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ३ पैसा मात्र कायम हुन आएको थियो ।

उक्त घटनालाई केन्द्रीय बैंकले पनि गम्भीर सुशासन कमजोरीको रूपमा औंल्याएको थियो । पछि नेपाल राष्ट्र बैंकको पटक पटकको निर्देशन र निरीक्षण पश्चात् बैंकले गलत तथ्यांकलाई संशोधन गरेर केही महिनाअघि मात्र सातौं र आठौं वार्षिक साधारण सभा एकैचोटी सम्पन्न गरेको छ । त्यसबीचमा उक्त बैंकको सञ्चालक समितिको बैठक नै लामो समयसम्म बस्न सकेन । सेयर लगानीकर्ताको चेतावनी र केन्द्रीय बैंकको पटक पटकको निर्देशनलाई पालना गर्नसक्ने कुनै उपाय अवलम्बन गर्न नसक्ने देखेपछि बैंकको सञ्चालक समितिको बैठक नै आलटाल गरेको खबर समेत बाहिर आएको थियो ।

अन्य केही बैंकर झैं उक्त बैंकका अध्यक्ष इच्छाराज तामा¨ पनि बैंकर कम र व्यवसायी धेरै रहेको वर्गमा पर्दछन् । उनले सिभिल समूहको सबै वित्तीय संस्थालाई आफ्नो व्यवसायको स्वार्थसँग मात्र गाँसेर सञ्चालन गरेका कैयौं उदाहरण पाइन्छ । त्यसैले पनि केन्द्रीय बैंक र अर्थ मन्त्रालय स्वयम् पछिल्लो केही वर्षदेखि बैंकर व्यवसायीको लक्ष्मण रेखा तोक्नुपर्ने अडानमा देखिएका हुन् । सिभिल बैंककै सन्दर्भलाई हेर्ने हो भने पनि मूलतः यस बैंकका अध्यक्षको परिचय सिभिल होम्स र घरजग्गा व्यवसायीको हो । उनले सिभिल बैंक र सिभिल सहकारीलाई घुमाउरो पाराले सँधै सिभिल होम्सको विस्तार र घरजग्गाको कारोबारमा लगाएको पाइन्छ ।

स्रोतका अनुसार मुलुकमा यतिखेर रहेका सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये सिभिल बैंकको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ । बैंकको मुख्य प्रवद्र्धक रहेको सिभिल समूह पनि निरन्तर खस्कँदो अवस्थामा पुुगेको छ । गत वर्ष मात्र भैंसेपाटीस्थित सिभिल होम्स कोलोनीभित्र सार्वजनिक स्थल भनेर उल्लेख गरिएका स्विमि¨ पुल, बाटो, बगैंचा र पार्कि¨ एरियालाई छुुट्टाछुुट्टै कित्ताको जग्गामा कायम गरेर उक्त कित्ताको जग्गालाई धितो राखेर तामा¨ले राष्ट्रिय सहकारी बैंक, पुल्चोकबाट करोडौं ऋण लिएको पाइएको थियो । उक्त, विषयलाई सामसुम पार्न तामा¨ले हालसम्म पनि विभिन्न कदम चालेको स्रोतले बताएको छ ।

यसरी शुसासनको दृष्टिकोणले सबैभन्दा कमजोर सिभिल समूह त्यसमा पनि सिभिल बैंक जहाँ सबैभन्दा बढी राजनीतिक हावी देखिन्छ । विभिन्न तिकडम अपनाएर भएपनि बैंकको नेतृत्वमा पकड जमाउन अध्यक्ष तामाङले साधारण सभाको समयमा बैंकका कर्मचारीहरू नै प्रयोग गरेर प्रोक्सी संकलन गर्ने गरेको समेत पाइएको छ । आफू र आफूूले चाहेको बाहेकका अन्य व्यक्ति बैंकको नेतृत्वमा पुुगे सिभिल समूहको बदमासी बाहिर आउने डरले त्यसो गरिएको स्वयम् कर्मचारीहरू नै बताउँछन् । उदाहरणको लागि बैंकका अध्यक्ष तामाङको नीजि लगानीमा निर्माण गरिएको सुन्धारास्थिति सिटिसी मलमा बैंकको केन्द्रीय कार्यालय सारिएको छ । उक्त कार्य केन्द्रीय बैंकको निर्देशनको ठाडो उल्लंघन हो । तरपनि कोही बोल्न सक्दैनन् किन ? केन्द्रीय बैंकको सुपरीवेक्षण पनि लाचार देखिन्छ किन ? बैंकका एकजना सञ्चालक भन्छन्– ‘प्रवद्र्धकको स्वार्थ जोडिएको भवनमा बैंकले केन्द्रीय कार्यालयमात्र होइन, शाखा कार्यालय पनि राख्न पाइँदैन । तर, उनले बकायदा त्यो काम गरिरहेका छन् । कसले बोल्ने ? कस्ले छेक्ने ? सबैको मुखमा बुजो लगाइ दिएपछि ।’

प्रतिक्रिया दिनुहोस्