Logo
Logo

नेकपाको कार्यविभाजनमा ओली-प्रचण्ड सहमत, एकता प्रक्रियाले पायो पूर्णता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । पार्टीमा पनि विभिन्न विभाग प्रमुख, जिल्लाका इन्चार्ज सहइन्चार्ज र जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्जलगायतमा सहमती जुटेको हो ।

आज बालुवाटारमा बसेको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागीले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका हुन् ।

बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको अव बस्ने सचिवालय बैठकले त्यसलाई अनुमोदन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्