Logo
Logo

फेसबुकबाटै ८० लाख ठगी, भारतीय गिरोह पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीलाई ठग्ने भारतीय गिरोह समातिएको छ । ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन्।

उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ। सस्तोमा सामान बेच्ने भन्दै उनीहरुले ठगी गरेका हुन् । कम्पनीको बारेमा विस्तृत बुझ्दै नबुझी सामान किन्न खोज्नेहरु ठगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्