Logo
Logo

यो वर्ष २४३ सडक पुल निर्माण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ साउन । सरकारले यो वर्ष देशभरमा २४३ सडक पुल निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक सडक विभागले जनाएको छ ।
यस वर्ष सरकारले तीन सय पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको हो । एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए । उनले भने, ‘अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।’
चालू आवको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ । तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाइ छ ।
पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्यांकले देखाएको छ । आव २०७४÷७५ मा ८४ र आव २०७३÷७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो । सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्ष्भित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा रु दुई अर्ब ३८ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्