Logo
Logo

सुडानमा शान्ति सैनिकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

संयुक्त राष्ट्रसंघ, १ साउन (सिन्ह्वा) । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।
राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताइएको छ । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् ।
उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्