Logo
Logo

सासूको हत्या आरोपमा जेठी बुहारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काभ्रे, १ साउन । धुलिखेल नगरपालिका–१ देबिटारमा सासूको हत्या आरोपमा एक बुहारी प्रहरीले पक्राउ गरेको छ । देबिटारकी ६३ वर्षीया माइलीमाया तामाङकी जेठी बुहारी सुन्तली तामाङले सासूको हत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राति ९ बजेतिर आपसमा सासू बुहारीबीच झगडा भइरहेको भन्ने सूचना आएसँगै प्रहरी घटनास्थाल पुगेको थियो । मृतक माइलीमाया तामाङको शव घरमै मृत अवस्थामा फेल परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निञ्जन भट्टराईले बताएका छन् ।
सासू–बुहारीबीच झगडा हुँदा बुहारीले सासूलाई लछार पछार गर्दै कुटपिट गरी भुँइमा पछार्दा ढलानमा टाउको ठोकी घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको दावी छ । प्रहरीले बुहारी सुन्तली तामाङलाई राति नै पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्