Logo
Logo

शक्तिशाली विभाग शीर्ष नेतालाई, मन्त्री रहेका स्थायी समितीका नेताले पार्टीको जिम्मेवारी नपाउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
नेकपाले शक्तिशाली विभागहरूमा पार्टीको सचिवालयमै रहेका शीर्ष नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ । ३२ वटा विभाग रहे पनि संगठन विभाग, विदेश विभाग, आर्थिक विभाग, प्रचार विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिन्छन् ।

३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने भएका छन्। यस्तै ३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा परेको छ। नेकपाका ३२ केन्द्रीय विभाग छन्।  नेकपाका सचिवालय सदस्यहरूले नेतृत्व गर्ने ठूला विभागहरूमध्ये संगठन विभाग, विदेश विभाग , प्रचार विभाग , पार्टी स्कुल विभाग, आर्थिक विभागमा नेताहरु कस्ले कुन विभाग लिने भन्नेमा सहमती हुन बाँकी रहेको छ ।

सचिवलय सदस्यहरुको रोजाई अध्यक्षद्धवय र महासचिवले कुनै विभाग नलिने बुझिएको छ । सचिवलयमा रहेका नेताहरु माधवकुमार नेपाल विदेश विभाग , झलनाथ खनाल स्कुल विभाग, नारायणकाजी श्रेष्ठ प्रचार विभाग, रामबहादुर थापा र वामदेव गौतम मध्ये एक जना संगठन विभागको जिम्मेवारीमा रहने बुझिएको छ । त्यसपछिको रोजाईमा कुनै विभाग ईश्वर पोखरेलले लिने र अन्य २६ वटा विभाग र आयोगहरुको जिम्मेवारी स्थायी समितीका सदस्ले लिने छन् ।

स्थायी समिती रहेर राजकिय जिम्मेवारीमा नरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिईने सहमती भएको सचिवालयका एक नेताले जानकारी दिएका छन । कुन विभागको जिम्मेवारी कस्ले सम्हाल्ने भन्न बिषयमा भने पूर्वएमाले र पूर्वमाओवादीबीच विभाग बाँडफाँट भए पनि व्यक्ति आ–आफ्नो समूहबाट तोक्ने सहमति भएको बताइएको छ । पूर्वएमालेले नेतृत्व गर्ने विभागका प्रमुखको नाम ओलीले प्रस्ताव गर्ने र पूर्वमाओवादीबाट नेतृत्व गर्नेको नाम प्रचण्डले तोक्ने सहमति भएको छ ।

विभाग तयार हुदा अग्निप्रसाद सापकोटा, गणेश साह, घनश्याम भुसाल, छविलाल विश्वकर्म,जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीम रावल , मणीचन्द्र थापा, हरिबोल प्रसाद गजुरेल, सुरेन्द्रप्रसाद पाण्डे, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली , योगेश भट्टराई, रघुजी पन्त, लिलामणी पोखरेल लगायतका नेताहरु पहिलो रोजाई पर्ने बुझिएको छ ।

स्थायी समितीमा रहेका नेताहरु अष्टलक्ष्मी शाक्य ३ नं.प्रदेशको ईन्र्चाज रहेकोले कुनै विभाग नपाउने बुझिएको छ । किरण गुरुङ गढडकी प्रदेशको अर्थ मन्त्री , गिरिराजमणी पोखरेल शिक्षा मन्त्री , गोकर्ण विष्ट श्रम मन्त्री , चक्रपाणी खनाल कृषी मन्त्री , देवप्रसाद गुरुङ मुख्य सचेतक , प्रदीपकुमार ज्ञवाली परराष्टर् मन्त्री , पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री , बर्षमान पुन उर्जा तथा जलश्रोत मन्त्री , भीमप्रसाद आचार्य प्रदेश नं. १ को ईन्र्चाज , मातृकाप्रसाद यादव उद्योग मन्त्री, रघुवीर महासेठ भौतिक मन्त्री, लेखराज भट्ट प्रदेश नं. ७ को सह ईन्र्चाज , विष्णुप्रसाद रिमाल प्रधानमन्त्रीका मुख्यन्त्रीका सल्लाहाकार रहेका छन भने सत्यनारायण मण्डल प्रदेश नं. २ को ईन्र्चाज, सुबासचन्द्र नेम्वाङ संसदिय दल उपनेता, शंकर पोख्रेल प्रदेश नं. ५ को मुख्य मन्त्री , शक्तिबहादुर बस्नेत वन मन्त्री रहेका छन् ।

स्थायी आमन्त्रित सदस्यहरु
अमिक शेरचन , अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल , पेशलकुमार खतिवडा, सोमनाथ अधिकारी प्यासीलाई पनी विभागको जिम्मावारी दिने तयारी रहेको बुझिएको छ ।

यि हुन ३२ विभागहरु 

१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित, आपूर्ति तथा सुशासन विभाग
४ . कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाइ विभाग
७ . जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला विभाग
१८. राष्ट्रिय हित प्रवर्द्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. वैदेशिक मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. संगठन विभाग
२५.संघीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसंख्या विभाग

प्रतिक्रिया दिनुहोस्