Logo
Logo

गाँजा तस्करकाे समूह एसपी सोमेन्द्रको फन्दामा


- दृष्टि न्युज/संवाददाता


पर्सा, २ साउन ।
भारतीय गाडीमा गाँजा तस्करी गर्ने समूह पर्सा प्रहरीको फन्दामा परेको छ । एक सय २० केजी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सर्लाहीका रमेश लामिछाने र डम्मरमणि लामिछाने पर्साका प्रेम दास, राजेश खवास पक्राउ परेका हुन् । भारतीय नम्बरको कारको डिक्कीमा राखेर भारततर्फ गाँजा तस्करी गर्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


पर्साको प्रहरी प्रमुखमा एसपी सोमेन्द्रसिंह राठौरले नेतृत्व लिएपछि अवैध तस्करीमा कमी आएको छ । सेटिङका आधारमा सीमामा हुने तस्करी बन्द भएको छ भन्ने अन्य अपराधिक समूह समेत डराएका छन् । उनले वीरगञ्जका ठूला हुन्डी कारोबारीलाई समेत तह लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्