Logo
Logo

बस र भ्यान ठोक्कियो : एकको मृत्यु, २४ घाइते, दुई जना गम्भीर


- दृष्टि न्युज/संवाददाता


विराटनगर, २ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किँदा एक जना मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ ।
बिहीबार बिहान सवा ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जनाए । उनको अनुसार मृतक र घाइते हालसम्म परिचय खुल्न सकेको छैन । बसले किचिरहेको अवस्थामा एक जनाको शव निकालेर पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र दक्षिणबाट राजमार्गमा निस्कँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस मोरङको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो ।
पथरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरोलगायतका अस्पताल पठाइएको छ । दुर्घटनामा बस र भ्यानमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्