Logo
Logo

नवनियुक्त मन्त्रीले लिए शपथ


2.3k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीले शपथ लिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्खयामन्त्री भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई राष्ट्रपनि भण्डारीले सपथ खुवाएकी हुन् ।

मन्त्रीको शपथपछि शीतल निवासमै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले शपथ लिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्री, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्