काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभा बैठक बहिस्कार गरेका छन् । अर्थमन्त्रालयको बारेमा छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मा सहभागी भएपछि एमाले सांसद्ले बैठक बाहिस्कार गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्री शर्मालाई बजेटको विषयमा उठेका प्रश्नको जवाफ दिन बोलाएपछि आसनबाट उठेर राष्ट्रिसभा सदस्य देवेन्द्र पौडेलले अर्थमन्त्रीमाथि प्रश्न उठेकाले आफूहरु अर्थमन्त्रीले जवाफ दिने बैठकमा सहभागी नहुने बताए ।
पौडेलले सहभागी नहुने बताएपछि एमालेका राष्ट्रियसभा सदस्यहरु बैठकबाट बाहिरिएका छन् । अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भएर आफ्ना विमतिहरु राख्न आग्रह गरेतापनि उनीहरुले बैठक बहिस्कार गर्दै बाहिरिए ।
एमालेले छलफल बहिस्कार गरेपनि अर्थमन्त्री शर्माले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।











