Logo
Logo

हामी क्रन्तिप्रति इमान्दार छैनौं : शंकर पोखरेल


756
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रिय निमार्णको ‘च्याम्पियन’ हुन नसकेको बताएका छन् ।

नरबहादुर कार्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौति र सम्भावना’ गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक दलहरु सत्ता विरोधि संघर्षका ‘च्याम्पियन’ मात्रै भएको बताए ।

उनले भने, ‘हामी नेपालका राजनीतिक दलहरु सत्ता विरोधि संघर्षका च्याम्पियन मात्रै भयौँ । जतिबेला प्रतिक्रियावादी रिजिम आउछ, हामी लडेर पराजित गरेका छौँ । तर हामी राष्ट्रिय निमार्णको च्याम्पियन हुन सकेनौं ।’

महासचिव पोखरेलले राजनीतिक दलहरु क्रान्तिप्रति इमान्दार नभएको पनि बताए । उनले भने, ‘हामी क्रन्तिप्रति इमान्दार छैनौं । हामी क्रान्तिलाई फगत एउटा विद्रोहको रुपमा बुझ्छौँ । क्रान्ति निमार्ण हो भन्ने जबसम्म बुझ्दैनौं समाज परिवर्तन हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्