Logo
Logo

माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


हनइ, २ साउन (सिन्ह्वा) । भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् ।
खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ ।
भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्