
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गर्ने भएको छ ।
उपेन्द्र पक्षको सोमबार राति बसेको बैठकले भट्टराई र अर्का नेता महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।
जसपामा यादव र भट्टराई पक्षबीचकाे विवाद उत्कर्षमा पुगेकाे छ ।











