Logo
Logo

नेपालमा कम्युनिष्ट पार्टीको विकल्प छैन : वामदेव गौतम



काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेपालमा कम्युनिष्ट पार्टीको विकल्प नभएको बताएका छन् ।

आज (मंगलबार) पार्टी घोषणा गर्दै उनले कम्युनिष्ट पार्टीबाहेक अरु कुनै पार्टीले नेपालको परिवर्तन र विकास गर्न नसक्ने दाबी गरे । ‘कम्युनिष्टबाहेक अरु कुनै पार्टीले नेपालको परिवर्तन र विकास गर्न सक्दैनन्,’ उनले भने, ‘हाम्रो ७८ वर्षको इतिहासले यो सावित गरेको छ । यो देशको विकासको लागि कम्युनिष्ट पार्टी नै चाहिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्व चाहिँन्छ ।’

उनले नेपालका कम्युनिष्टहरु बढी आर्दश भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु सिद्धान्तमा बढी आर्दश भए, आर्दशका कुराहरु गर्ने, दर्शन पढ्ने यीनीहरुले धेरै तर्क विर्तक गर्ने भएकाले एकता पहल गर्दा गलत कुरा गरिरहेका छन् ।’

पहिला पनि बारम्बार कम्युनिष्ट एकता गरेको बताउँदै अब पनि एकता नै हुँदैन भनेर निष्कर्ष निकाल्न नमिल्ने उनले बताए ।

‘हजो हामीले एकता गर्यौँ भने आज एकता गर्न सकिँदैन भनेर निष्कर्ष निकाल्न सकिँदैन,’ उनले भने, ‘हिजो फुटेको पार्टी जुट्यौँ आजभन्दा ६०-६५ वर्ष अगाडि पनि पार्टी फुट्यो, फेरि जुट्यो, हामीले एमाले र माओवादी एकता गर्दा ४६औं एकता हो । ४६औं एकीकरणबाट नेकपा बनेको थियो । सबैभन्दा सुरुको बाहेक ४५ वटा एकीकरणमा म संलग्न छु ।’

प्रतिक्रिया दिनुहोस्