Logo
Logo

आफ्नो बचाउँ गर्दै ओलीले भने- मेरो पालामा एसपीपीलाई पत्र लेखेको होइन


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने पत्रबारे आफ्नो बचाउँ गरेका छन् ।

मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वा. सुशिल कोइराला सरकारकै पालामै एसपीपीमा सहभागी हुने पत्र लेख्ने निणर्य भएको दाबी गरे । उनले स्वा. कोइराला प्रधानमन्त्री हुँदा ‘नेपाल एसपीपीको अंग बन्न तयार छ’ भनेर मन्त्रिपरिषदस्तरीय निर्णय भएको दाबी गरे ।

उनले भने, ‘२०७२ साल आसोज तीन गते संविधान जारी भयो । सुशिल कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, रक्षामन्त्री पनि उहाँ नै हुनुहुन्थ्यो । रक्षामन्त्रीको हिसाबले यो एसपीपीको अंग बन्न नेपाल तयार छ, इच्छुक छ भन्ने मन्त्रिपरिषदस्तरीय निर्णय गर्नुभयो ।’

आफू प्रधानमन्त्री हुँदा कुनै सल्लाह नै नगरि सुशिल कोइरालाकै सरकारको आदेशमा सेनाले एसपीपीमा सहभागी हुने पत्र लेखेको उनको दाबी छ । उनले भने, ‘म प्रधानमन्त्री हुँदा कुनै सल्लाह नगरि, जानकारी नदिई सुशिल कोइराला सरकारकै आदेशअनुसार पत्र पठाइयो ।’

केही समयअघि सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १०)मा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

सार्वजनिक पत्रअनुसार नेपाली सेनाका तत्कालिन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदुत एलिना बी. टेप्लिजलाई सम्बोधन गर्दै नेपाली सेनाका लागि सहयोग गर्न अनुरोध गरेका छन् । उनले एसपीपीमा सहभागिताको लागि आग्रह गरेको पत्राचारमा उल्लेख ।

त्यसबेला नेकपा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेका थिए । रक्षामन्त्री पनि ओली नै थिए । ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो । ओलीले सोही पत्रबारे आफ्नो बचाउँ गरेका हुन् ।

यसैबीच अहिले बाहिर आएको एसपीपीको ड्राफ खतारनाक भएको अध्यक्ष ओलीले बताए । उनले भने, ‘एसपीपीको जनु ड्राफ बाहिर आयो, त्यो बहुत खतारनाकपूर्ण छ । अहिलेको ड्राफ नयाँ ड्राफ हो । पहिले यस्तो ड्राफ थिएन । र, यस्तो ड्राफमाथि कुनै विचार–विर्मश भएको थिएन । यस्तो ड्राफको सम्बन्धमा कसैले पत्र लेखेको थिएन । यो नयाँ ड्राफ हो । यो घातक छ ।’

प्रतिक्रिया दिनुहोस्