Logo
Logo

एमाले सांसद वामदेवको पार्टीको केन्द्रीय सदस्य


14.1k
Shares

काठमाडौं । नेकपा एमालेको सांसद वामदेव गौतमले गठन गरेको नयाँ पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।

गौतमले मंगलबार घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानमा एमाले सांसद तुल्सा थापा केन्द्रीय सदस्य भएका हुन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

उनी एमालेको समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् ।

माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेकी थिइन् । तर, दल विभाजनको सूचीमा उनको नाम नभएको भन्दै निर्वाचन आयोगले थापाको सनाखत गरेको थिएन ।

राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापा अर्को पार्टीको केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिने छ ।

राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पदमुक्त हुनेछ । दफा ३२ को (ग)मा निज आफैले वा निजसमेत संलग्न भई आर्को दल गठन गरेमा दल त्याग गरेको मानिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्