Logo
Logo

‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’को ताज अर्यानीलाई



काठमाडौं । ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज अर्यानी रावलले जितेकी छिन् । सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसइइ प्रिन्सेजको ताज रावलले ७ प्रतिष्पर्धीलाई पछि पार्दै पहिरिएकी हुन् ।

आयोजकका अनुसार विजेता रावलले २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । उनले वेष्ट पर्सनालीटी अवार्ड समेत जितेकी छन् । त्यस्तैगरी अभिलासा खत्री फष्ट रनरअप, जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् ।

अभिलासा खत्रीले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि जितेकी छन् भने उत्कृष्ट ५ जना विजेताहरुले नगद २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउने भएका छन् ।

आयोजकका अनुसार भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिटीमा यूनिसा सुवेदी, इन्थुज्यास्टिकमा निरजला लामा, क्रियटिभमा विनिशा भट्टराई, कन्फिडेन्समा वर्षा आचार्य,वेष्ट वाकमा प्रशंसा कुँवर, अर्गनाइजर च्वाइसमा समिक्षा कार्की, फोटोजेनिकमा आइसा तिमिल्सिना, इनर्जेटिकमा नोफी थापामगर र सिन्सियरमा मुस्कान अर्यालले अवार्ड जितेका छन् ।

निर्णायक मण्डलमा स्वस्तीश्री गुरुकुलका प्रबन्ध निर्देशक मिना मर्हजन, जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस व्यूटीक्वीन नेपाल शान्ति लिम्बु, ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेम धामीलगाएत थिए ।

प्रतिक्रिया दिनुहोस्