Logo
Logo

धनगढीमा शक्तिशाली बम विष्फोट, एकको मृत्यु ४ जना घाइते


- दृष्टि न्युज/संवाददाता


धनगढी ३ साउन ।

कैलालीको धनगढी उपमहानगरपालिका(३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते घाईते भएक छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी(५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी(४, बोराडाडीका केशवराज पाण्डे छन् । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको हो ।

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । विस्फोटमा अन्य घाइते को अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्