Logo
Logo

देशभर वर्षा, बाढी र पहिराेकाे जाेखिम



काठमाडौं । नदी तटीय क्षेत्रमा बाढीको जोखिम भएकाले विषेश सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

कैलाली,कन्चनपुर र आसपासका स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले एसएमएसमार्फत् जानकारी दिएको हो ।

कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले बिहान १० बजेसम्म जोखिम बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । महाशाखाका अनुसार मनसुन देशैभर फैलिएको छ ।
आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्