Logo
Logo

राष्ट्रिय तेक्वान्दोमा चन्द्रागिरि प्रथम



चितवन । चितवनमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो भएको छ ।

चन्द्रागिरि ६ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ ।

गैँडाकोटले ५ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । यस्तै २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ ।

भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको छ । महिलातर्फ पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा र पुरुषतर्फ काठमाडौँको चन्द्रागिरिका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा ३ सय खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्