Logo
Logo

धराशयी बन्दै वायुसेवा निगम, ३७ अर्ब रुपैयाँ घाटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन।

घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ। निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै जहाज उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ।

आफ्नै ठाडो प्रस्तावमा कार्यकारी अध्यक्ष बनाए पनि निगमलाई व्यावसायिक योजनाअनुसार अघि बढाउन नसकेपछि प्रधानमन्त्री ओलीले खरेललाई ‘रेड सिग्नल’ दिएका छन्। खरेलले प्रधानमन्त्रीलाई पनि चित्त बुझ्ने गरी काम गर्न सकेनन्।

गत वर्षको भदौ ३१ मा नियुक्त भएर आएका खरेलले आफ्नै प्रतिबद्धता पूरा गर्न सकेका छैनन्। निगमको महाप्रबन्धक सुगतरत्न कंशाकार हुँदाहुँदै ओलीको ठाडो प्रस्तावमा खरेल कार्यकारी अधिकारसहित अध्यक्ष पदमा नियुक्त भएका थिए। महानिर्देशक कंशाकार कार्यकाल सकिएपछि सेवानिवृत्त भइसकेका छन्। निजी जहाज कम्पनी नाफामा भए पनि निगम किन घाटामा रहेको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरेका थिए। ‘निगममात्र किन एक्लै ३७ अर्ब घाटामा छ,’ प्रधानमन्त्री ओलीले आश्चर्यसहित प्रश्न गरेका थिए। निगममाथि नयाँ गन्तव्यको खोजी नगरेको आरोप छ। निगमका अन्तर्राष्ट्रिय उडान खुम्चिँदै गएका छन्। यसले निगमलाई क्षति पुगेको छ।

तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ । निमगले जहाज खरिदगर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ ।

निगमसँग भएका १३ वटा जहाजमध्ये सात वटाले मात्र उडान भरिरहेका छन् ।आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्