Logo
Logo

व्यवसायीलाई भिसाका लागि पहल गर्न आग्रह


1.1k
Shares

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसाका लागि पहल गरिदिन माग गरेको छ ।
आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेका हुन् ।


कार्यक्रममा महासङ्घका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका भन्सार नाकामा नेपाली व्यवसायीलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरे ।

‘केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ ।’ ।

भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । भने, ‘नाकालाई सहज बनाउन मेरो पर्यत्न रहन्छ ।’ राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए ।

२०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका २३ सङ्घ आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्