Logo
Logo

दुई बाइकको एउटै नम्बर प्लेट कसरी भयो ?


21.4k
Shares

काठमाडौं । गौशाला चोकमा फेला परेका एउटै नम्बर प्लेट भएका दुईवटा मोटरसाइकल अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्बिर प्रदीपजंग क्षेत्री गौशाला चोकको ट्राफिक जाममा अड्किरहेका बेला खिचेका थिए ।

तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल बन्यो । क्षत्रीले उक्त तस्बिर ‘मेन्स रुम रिलोडेड’मा पोष्ट गरेका थिए । त्यसपछि एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल सामाजिक सञ्जालमा भाइरल बन्यो ।

अहिले दुईवटा मोटरसाइकलको एउटै नम्बर प्लेट कसरी भयो भन्दै धेरैले प्रश्न गरिरहेका छन् । ट्राफिक प्रहरीलाई समेत यसले समस्यामा पारेको छ ।

अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुवै मोटरसाइकलबारे अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले ती मोटरसाइकलको खोजी भइरहेको बताए ।

उनका अनुसार एकजना चालक सम्पर्कमा आएका छन् । उनी काभ्रेका बासिन्दा भएको दासले जानकार दिए । उनले भने, ‘एकजना सम्पर्कमा आएका छन् । उनको बाइकमा भएको नम्बर र ब्लुबुक सबै ठिक छन्, उनी काभ्रेका बासिन्दा रहेछन् । उनको बाइक रजिष्ट्रेड छ । अर्को बाइक भने खोजि भइरहको छ ।’

यातायात व्यवस्था विभागले प्रदान गर्ने नम्बरको प्रिन्ट मिस्टेक वा नक्कली नम्बर प्लेट राखिएका हुने सक्ने दासले बताए । नम्बर प्लेट डबल प्रिन्ट पनि हुन सक्ने दासको भनाइ छ । दुबै मोटरसाइकल नसमातिएसम्म अहिले नै भन्न नसकिने उनले बताए ।

बुधबार बिहान गौशाला चोकमा बाग्मती प्रदेश-०२-०२२ प २३८० नम्बरका दुई मोटरसाइकल सँगै देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्