Logo
Logo

रवि लामिछानेलाई पहिलो गाँसमै ढुँगा, ‘घण्टी’ चुनाव चिन्ह नपाउने


4.2k
Shares

काठमाडौं । रवी लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह यसअघि नै दर्ता भएको छ ।

घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । सहजाद मियाँ भिकरानी संयोजक रहेको उक्त पार्टी २०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको पाइएको छ । आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

आयोगका अनुसार राष्ट्रवादी दल कुनै दलमा एकता भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्